सशस्त्रको बलम्बु स्टोरमा आगलागी एसपीसहित ७ जनालाई सोधपुछका लागि झिकाइयो

सशस्त्रको बलम्बु स्टोरमा आगलागी  एसपीसहित ७ जनालाई सोधपुछका लागि झिकाइयो

यही सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम थालेको छ ।
आगलागीपछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति बनाइएको थियो ।

समितिले भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको केन्द्रीय प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं। ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा लिई त्यस दिन ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मूलगेटमा खटिएका २ जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको छ ।

समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेर सुरक्षाको लागि नयाँ टोली राखेको छ । आगलागीबाट क्षति भएका सामानको विवरण संकलन पनि तीव्र पारिएको सशस्त्रले