गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा लक्ष्मण को मृत्यु

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा लक्ष्मण को  मृत्यु

कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति गोदावरी नगरपालिका–३ दमौरास्थित सडकमा सु प  प्र ०१००८ प २७४५ नम्बरको मोटरसाइकललाई से २ त ४५२३ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।