गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना पुष्टि

कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार भित्रिएका ७८ जनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

मंगलबार पनि गौरीफन्टा नाकाबाट भित्रिएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो केहि दिन यता गौरीफन्टा नाकाबाट भित्रिने नेपालीहरुका कोरोना संक्रमण देखिन थालेको छ ।