धनगढी उपमहानगरपालिकाको टिप्परले ठक्कर दिँदा बाबुराम चौधरी घाइते

धनगढी उपमहानगरपालिकाको टिप्परले ठक्कर दिँदा बाबुराम चौधरी घाइते

 धनगढी उपमहानगरपालिकाको टिप्परले ठक्कर दिँदा एक जना घाइते भएका छन।

धनगढीमा उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले गौरीगंगा नगरपालिका वडा नम्बर १ निवासी ४७ वर्षीय बाबुराम चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आज बिहान धनगढी ४ उत्तरबेहडीस्थीत साइकलमा सवार रहेका चौधरीलाई टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तपेन्द्र सिँह बोहराले जानकारी दिए ।
 
घाइते भएका चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाईते चौधरीको केजी अस्पतालमा उपचार भैरहेको छ । टिप्पर र चालक सुरेन्द्र रावललाई अहिले प्रहरीको नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ।