नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

धानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सचिवालयका नवैजना नेता सहभागी छन् ।प्रधानमन्त्री केपी शर्मा वलीको युरोप भ्रमणअघि बैठक बसेको थियो । तर, केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुंग्याउन सकेको थिएन । शनिबारको बैठकले पूर्ववर्ती अजेण्डामै छलफल भइरहेको बताइएको छ ।

सचिवालयका एक नेताले बताएअनुसार अध्यक्षद्वयले तयार पारेको कार्यविभाजन एकलौटी छ। र, माधव नेपाल पक्षलाई दुई(चरवटा बाहेक अन्य जिल्लामा इन्चार्ज, सहइन्जार्चको जिम्मेवारी दिइएको छैन ।

सचिवालयका चौथो वरीयताका नेता खनालले पनि गुटका आधारमा नभइ क्षमता र आवश्यकताका आधारमा कार्य विभाजन टुंग्याइनुपर्ने कुरा राख्दै आएका छन् ।

नेता नेपालले त विधि, वरीयता (सिनियारिटी) नै कार्य विभाजनको मापदण्ड हुनुपर्ने बताएका छन् । यसमा पूर्वएमालेकै मतैक्य छैन । पूर्वमाओवादी भित्र खासै विमति नरहेको नेता बताउँछन् ।

आज (शनिबार) पनि बैठक यसैमा केन्द्रित रहेको नेताहरूको भनाइ छ । यसपछि थाति रहेका  विभाग र पोलिट्ब्युरो गठन र सरकारको समीक्षामा छलफल हुनेछ । स्थायी कमिटीको बैठक बोलाउने बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

नेकपामा गत पुस १३ यता स्थायी कमिटीको बैठक बसेको छैन । केन्द्रीय कमिटीको बैठक त शपथ ग्रहणपछि एकपटक पनि बसेको छैन ।