वेस्ट इन्डिजका रोड्रिक ओर्भिल नेपालको बलिङ सल्लाहकार

वेस्ट इन्डिजका रोड्रिक ओर्भिल नेपालको बलिङ सल्लाहकार

काठमाडौं । ट्वान्टी–२० विश्वकपअघि वेस्ट इन्डिजका रोड्रिक ओर्भिल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ सल्लाहकार प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले एस्टविकलाई बलिङ सल्हाहकार प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । एस्टविकसँग करिब आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टिमसँग सहकार्य गरिसकेका छन् । 

६२ वर्षीय एस्टविकले ४२ लिस्ट ‘ए’ क्रिकेट खेलेका छन् । उनले लिस्ट ‘ए’ मा ४३ विकेट लिँदा १०० रन बनाएका छन् ।

आगामी जुनमा हुने ट्वान्टी–२० विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपअघि नेपालले एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी प्रिमियर कप खेल्नेछ । प्रिमियर कप ओमान हुने तालिका छ ।