नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं। एसएमएस फ्रेन्डसिप कपको फाइनलमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन जोड्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए ।