नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै

नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ । नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् ।

आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको प्लेइङ ११ स् कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा ।

बेन्च : प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह