आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेशका तराईका भूभाग लगायत लुम्बिनी  प्रदेशको पूर्वी तराईका भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ ।