सुदूरपश्चिमका खेलाडीलाई अबिर सहित खादा लगाएर विदाई

सुदूरपश्चिमका खेलाडीलाई अबिर सहित खादा लगाएर  विदाई

बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ। शनिवार सुदूरपश्चिम प्रदेश खेलकुद परिसद सदस्य सचिव दिपक बहादुर सिंहले खेलाडीहरुलाई बिदाई गरेका हुन् । 

धनगढीको कवर्डहलमा आयोजित औपचारिक कार्यक्रममा सदस्य सचिव सिंहले विभिन्न नौ वटा खेलमा सहभागी हुने २ सय ३३ जना खेलाडीलाई अबिर सहित खादा लगाएर बिदाइ गरे ।
उनले खेलमा अनुशाशीत भई सुदूरपश्चिमको गरिमा कायम गर्न पनि खेलाडीलाई निर्देशन दिए । प्रतियोगिताको चितवनमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ ।