नेकपा एमालेको केन्द्र देखि प्रदेश जिल्ला हुँदै नगरसम्म पार्टीको आन्तरिक र राजनीति बलियो बनाउन संगठनका विभिन्न कमिटीको पदाधिकारी चयनमा पार्टीले चुनावी अधिवेशनहरू सुरु भएको छ । जिल्लाको पदाधिकारी चयन सम्पन्न पछि स्थानीय पालिकाहरूमा पदाधिकारी चयनको सरगम तातिरहेको छ ।
सन्दर्भ कैलालीको गोदावरी नगरपालिकाको एमाले पार्टीको राजनीति अरु क्षेत्र भन्दा फरक रूपले हेर्ने गरिएको पाइन्छ । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव लेखराज भट्टको क्षेत्र पनि हो । यो क्षेत्रमा एमालेको उपाध्यक्षमा रहेर पार्टी हाँकेका नेता डा। भीम रावलका शुभचिन्तक नेता कार्यकर्ताहरू पनि भएकाले यो क्षेत्रको राजनीति केही फरक किसिमले हुने गरेको देखिन्छ।
अहिले पालिकाको राजनीति पार्टीभित्रको बलियो रूपमा र मिसन ८४ लाई सफल पार्न नेतृत्व चयनको लडाइ हुनु स्वाभाविक हो । तर गोदावरीको पालिकाको कमिटी गठनमा ५ वटा गुडमा राजनीति सुरु भएको स्रोतहरूको दाबी छ । यहीका एउटा पात्र हुन् गौरी भट्ट केजरीवाल । उहाँ लामो समय देखि पार्टीको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण भूमिका गर्दै आएका नेताका रूपमा चिनिन्छन् ।