नयाँ क्वालिटि सहित नयाँ संरचनामा धनगढी ट्रेनिङ सेन्टर सञ्चालन

नयाँ क्वालिटि सहित नयाँ संरचनामा धनगढी ट्रेनिङ सेन्टर सञ्चालन

धनगढी : फरक किसिमले ब्रिज कोर्ष, ट्युसन कक्षा, तथा लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने उद्देश्य सहित फरक व्यवस्थापनका साथ धनगढीको कैलाली पुलमा धनगढी ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।

नयाँ क्वालिटि सहित नयाँ संरचनामा धनगढी ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको प्रबन्धक निर्देशक बिनोद खड्काले बताउनुभयो । यस ट्रेनिङ सेन्टरले बिद्यार्थीहरुको भविश्यलाई ख्यालमा राखेर फरक किसिमले शिक्षा दिने उहाँको भनाई छ ।

अनुभवी प्रशिक्षकहरुद्वारा पठनपाठन गरी कक्षाहरु सञ्चालन गरिने उहाँले जानकारी दिनु भएको छ । एस ई ई देखी माथीका ट्युसन कक्षाहरु, ब्रिज कोष, लोकसेवा तथा शिक्षक सेवा लगायत बिभिन्न प्राबिधिक बिषयको पठन पाठन यस ट्रेनिङ सेन्टरबाट सञ्चालन हुने उहाँले बताउनु भएको छ ।