बेलौरीमा डे नाइट भलिबल प्रतियोगिता हुने

बेलौरीमा डे नाइट भलिबल प्रतियोगिता हुने

कञ्चनपुरको बेलौरीमा डे नाइट भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । बेलौरी नगरपालिका वडा ७ खेलकुद सञ्चालन समितिको आयोजना र बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आर्थिक सहयोगमा आज साँझ ५ बजेबाट सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
४० वर्ष उमेर माथिका पुरुष खेलाडीहरूबिच हुने डेनाइट पुरुष भेट्रान कप भलिबल प्रतियोगिता बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहको कल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने छ ।

प्रतियोगितामा बेलौरी नगरपालिकाबाट ५ टिम तथा पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाबाट १।१ टिम गरी जम्मा ८ वटा टिमको सहभागिता रहने पुरुष भेट्रान कप पुरुष भलिबल प्रतियोगिताका संयोजक तेज बहादुर चन्दले जानकारी दिनुभयो ।

 प्रतियोगितामा पुरस्कार स्वरूप प्रथम हुने टिमले रु। २५ हजार  द्वितीय टिमले रु। १५ हजार  तृतीय हुने टिमले रु। ५ हजार प्राप्त गर्ने संयोजक चन्दले बताउनु भयो । प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन गरिने छ ।