धनगढी । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकै श्रीमतीले जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले ओडविरुद्ध चैत्र २० गते जाहेरी परेको जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।
ओडलाई पक्राउ गर्ने तयारी भईरहेको उनले बताएका छन् । ओड कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्।