फ्रेन्डसिप कप : नेपालले आज भारतको बरोडा क्लबसँग खेल्दै

फ्रेन्डसिप कप  : नेपालले आज भारतको बरोडा क्लबसँग खेल्दै

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी-२० फ्रेन्डसिप कपमा लगातार तीन खेल जितेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्न लागेको हो ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको हो । नेपालले शुक्रबार बरोडासँग खेल्न लागेको हो । यो खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।

बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बुधबार नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २९२ विकेट लिएका थिए । लिग चरणमा एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ।