राष्ट्रिय टीमका गोलकिपर प्रशिक्षक मनिष तिम्सिना सम्मानित

राष्ट्रिय टीमका गोलकिपर प्रशिक्षक   मनिष तिम्सिना सम्मानित

 नेपाली राष्टिय फुटबल टिमका गोलकिपर प्रशिक्षक मनिष तिम्सिना नगदसहित सम्मानित भएका छन् । कोशी प्रदेश फुटबल संघले बिहिबार धरानमा एक कार्यक्रमको आयोजना गरी तिम्सिनालाई भारतीय फुटबल लिगमा समेत आफ्नो टिमलाई च्याम्पियन बनाउदै नेपालीको शिर उचो बनाएको भन्दै सम्मान गरेको हो ।

तिम्सिनालाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई तथा कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरका प्रहरी नायब महानिरिक्षक चन्द्रकुबेर खापुङले नगद १० हजारसहित सम्मान गरे ।

संघले नेपाली फुटबलको इतिहासमै सन २०२१ बाट एएफसी गोलकिपर लेभल ए पास गर्ने पहिलो प्रशिक्षक स्थान प्राप्त गर्ने प्रशिक्षक रहेको भन्दै अन्तराष्टियस्तरमा कोशी प्रदेशको मात्र नभई नेपालकै इज्जत बढाएको उल्लेख गरेको छ ।

तिम्सिनाले सन् २०१५ देखि सुरु भई २०२१ मा एएफसी ए लाइसेन्स प्राप्त गरेका थिए । उनले प्रशिक्षण गराएको गोकुलम केरेला फुटबल क्लब भारतीय फुटबल लिगमा च्याम्पियन बनेको थियो ।