वैज्ञानिक समाजवादका लागि फराकिलो बहस आवश्यक छ : पाटन सी

वैज्ञानिक समाजवादका लागि फराकिलो बहस आवश्यक छ : पाटन सी

धनगढी । युवा संगठन नेपालका संयोजक पाटन जंगली सीले सबै युवाहरू मिलेर देश विकासको बहस चलाउन आवश्यक रहेको बताएका छन्  । 

उनले युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । 

उनले पछिल्लो समय युवा बिदेसिने क्रम बढेको बताउँदै देशमा रोजगारी सृजना गर्नुपर्ने बताए । सीले युवा शक्तिलाई नेपालमा रोक्न वैज्ञानिक समाजवाद आवश्यक भएको बताएका छन् । 

यही चैत्र २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउँदै उनले बिदेसिँदै गएको युवा शक्तिलाई नेपालमा रोक्न नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए ।
जडसुत्रवादी नेताका कारण देशको अवस्था नाजुक बन्दै गएको बताउँदै उनले सबै मिलेर राज्य जोगाउनु पर्ने बेला आएको बताए ।

युवाहरूले पार्टीका दास बन्न नहुने बताउँदै उनले देश विकासमा हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए । 
युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीको खुल्ला मञ्चमा चैत्र २४ गते हुने जानकारी गराउँदै उनले सबैलाई उपस्थितिका लागी आग्रह समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा पाचौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको उनले जानकारी गराएका छन् । चैत्र २४ गते हुन लागेको सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गर्ने उनले जानकारी गराएका छन् ।

सांसदवादी राजनीतिक पार्टी भित्रका हरेक नेता कार्यकर्ताहरूको उद्देश्य स्थानीय देखि केन्द्रीय सत्तामा पुग्ने र सम्पत्ति कुम्ल्याउने मात्र भएको बताउँदै उनले हरेक संघ संगठनमा आबद्ध नेता कार्यकर्ताहरुसंग वैज्ञानिक समाजवादका लागि फराकिलो बहस गर्न सकिने बताए ।