लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। 

केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्तासमीकरण फेरिएको छ। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तासाझेदार दल सहमत भएका छन्। 

एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुदे समझदारीमा हस्ताक्षेर गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्।