चौरपाटी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

चौरपाटी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

अछाम : प्रधानमन्त्री रोजागार कार्यक्रमको एक समारोहका बिच चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले गर्नु भयो । चौरपाटी कृतिखाम सडक खण्डको नाली खन्ने कामको उदघाट्न गर्दै अध्यक्ष साउदले गाउ बस्तिको बिकास गर्न जनताको उत्साह जनक सहभागिताको आवश्यकता रहेको बताउनुभयो ।

स्थानीय स्तरमा रोजगारीको शृजना भै गाउको बिकासमा ठुलो टेवा पुग्ने भएकोले प्रधानमन्त्री रोजगार कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष साउदले बताउनुभयो ।

चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुवरले गाउँ समाज र भौतिक पुरबाधारको बिकासको हरेक क्षेत्रमा महिलाको समान सहभागिताले मात्रै दिगो बिकास हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटीका सदस्य रामबहादुर थापाले आधारभुत तहका हरेक नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत दिएको बताएका छन।

चौरपाटी गाउँ पालिकामा १ हजार ९ सय जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आबेदन भरे पनि करि १ हजार जनाले मात्रै काम दिन सकिने निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले बताउनुभयो।

दैनिक ८ घण्टा काम गर्नु पर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम काम गरे बाफत हरेक दिनको ५ सय ७० रुपैया ज्याला पाउने चौरपाटी गाउँ पालिकाका रोजगार संयोजक कैलाश भट्टले बताउनुभयो ।