कञ्चनपुरमा खैरो हिरोइनसहित एकजना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित एकजना पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषध (खैरो हिरोइन) सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका- ४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित सोही नगरपालिका- १५ निम्बुखेडाका भुवन शाहु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो ।

उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।