दिल्लीलाई कोलकाताले दियो २७३ रनको विशाल लक्ष्य

दिल्लीलाई कोलकाताले दियो २७३ रनको विशाल लक्ष्य

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सलाई २७३ रनको विशाल लक्ष्य दिएको छ ।

विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो । यो आइपीएल इतिहासको दोस्रो ठूलो योगफल हो । आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन ।
कोलकाताको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो ।