धनगढीमा ऐश्वर्य विद्यार्थी समाजको आयोजनामा क्याम्पस स्तरीय फुटसल कप हुने

धनगढीमा ऐश्वर्य विद्यार्थी समाजको आयोजनामा क्याम्पस स्तरीय फुटसल कप हुने

धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने भएको छ। चैत २८ गतेदेखि ३० गतेसम्म ऐश्वर्य विद्यार्थी समाजको आयोजनामा वडा नम्बर ५ अध्यक्ष दोस्रो एएमसी फुटसल लिगको आयोजना गरिएको हो।

टिम दर्ताका लागि ७ हजार लाग्ने टिम दर्ता गर्ने अन्तिम मिती चैत २६ गते दिउसो ४ बजे सम्म मात्र रहेको आयोजकले बताएको छ । प्रतियोगिता फल्याटल्यान्ड फुटसलमा चैत २८ गते बिहान ८ बजेदेखि सुरु हुने छ।

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ट्रफि मेडल तथा प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद २५ हजार ट्रफि मेडल तथा प्रमाणपत्र र तृतीय पुरुस्कार नगद १५ हजार रहेको समाजका अध्यक्ष महेश राज जोशीले बताए । यसैगरी उत्कृष्ट उत्कृष्ट खेलाडी, गोलरक्षक र राइजिङ खेलाडीलाई नगद तथा ट्रफि प्रदान गरिने पनि उनले बताएका छन्।