आयरल्याण्ड विरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल

आयरल्याण्ड  विरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल

काठमाडौँ । नेपाली ए क्रिकेट टिमले बुधबार ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। 

यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी -२० शृंखला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो। 
विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ ।

शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ए सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।