धनगढीमा राष्ट्रिय खो खो हुने

धनगढीमा राष्ट्रिय खो खो हुने

धनगढी । नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म सुदूरपश्चिको धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला  खो खो प्रतियोगिता हुने भएको छ । 

प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेशका महिला र पुरुष टोलीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए । 

प्रतियोगितामा एक सय ४४ खेलाडी, २४ प्रशिक्षक र ६ जना टिम व्यवस्थापक गरी एक सय ७२ जनाको प्रत्यक्ष सहभागिता रहने सङ्घले जनाएको छ । प्रतियोगिताको सहआयोजक सुदूरपश्चिम खो खो सङ्घ हो । 

प्रतियोगिताको विजेता टोलीलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टोलीलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । यस्तै वेस्ट रनर र चेजरलाई १०/१० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

नेपालमा वि.सं.२०५२ सालमा खो खो खेल स्थापना भएको हो । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिए पनि सङ्घले यु–२१ उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो ।