सपनामा आफ्नै बिहे भएको देखे कस्तो फल मिल्छ ?

सपनामा आफ्नै बिहे भएको देखे कस्तो फल मिल्छ ?

हामी सबैले सुतेको समयमा सपना देख्ने गरेका छौँ । कुनै सपना रमाइलो र रोचक हुने गर्छ भने कुनै डरलाग्दो पनि हुने गर्दछ ।कतिपय सपना बिउँझदा स्मरणमा रहँदैन भने कतिपय सपना केही दिनसम्म सम्झना दिइरहन्छ ।

वास्तुशास्त्र अनुसार दैनिक जीवनमा हामीले देख्ने कतिपय सपनालाई शभ मानिन्छ भने कतिपयलाई अशुभ मानिन्छ ।कतिपय सपनामा देखिएका कुरा विपनामा मिल्छ भने कतिपय विपरीत तथा असम्भव कुराहरू पनि देखिन्छ ।

आज हामी यस्तै सपनामध्ये आफ्नै विवाह भएको सपनाका बारेमा चर्चा गर्नेछौँ ।ज्योतिषशास्त्रअनुसार सपनामा आफ्नै विवाह भएको देखियो भने त्यस्तो सपनालाई शुभ सङ्केत मानिँदैन । यस्तो सपना देख्दा व्यक्तिका काममा कुनै बाधा आउन सक्ने सङ्केत मिल्दछ ।

कोही महिलाको विवाह हुँदै गरेको देख्यो भने त्यसलाई शुभ सङ्केत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे जीवनमा छिट्टै खुसी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देखियो भने त्यसलाई अशुभ मानिन्छ ।

कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देखेमा भने उसको विवाह छिट्टै हुन् सक्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने सङ्केत बुझिन्छ ।