नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो सेती नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।