सुदूरपश्चिममा ७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा ७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट फर्किएका ७ जनामा कोरोना संक्रमण देखापरेको हो ।

आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो।