बाजुरामा डुंगा पल्टिँदा बेपत्ता भएका व्यक्तिको शव फेला

बाजुरामा डुंगा पल्टिँदा बेपत्ता भएका व्यक्तिको शव फेला

बाजुरा। बाजुरामा डुंगा पल्टिँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

आइतबार खप्तड छेडेदह गाउँपालिकामा रहेको खप्तड छेडेदह तालमा डुंगा पल्टिएर बेपत्ता भएका वडा नम्बर ७ लम्गाउँका ३२ वर्षीय वीरेन्द्र रावतको शव फेला परेको हो।

सोमबार खोजी गर्नेक्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

जीर्ण रही एक वर्ष देखि प्रयोगबिहीन रहेको डुंगा चलाउँदा पल्टिएको थियो। उक्त डुंगामा रहेका एक जना बेपत्ता भएका थिए भने ६ जना पौडी खेलेर बाहिर निस्किएका थिए।