डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर शिखर नगरपालिका–९ छोया बस्ने २२ वर्षीया निर्मला रोस्याराको शनिवार मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार सोही ठाउँका अन्य ३ जना सामान्य घाइते भएका छन्।

घाइते हुनेहरुमा सोही ठाउँ बस्ने २९ वर्षीया दिपा रोस्यारा, १९ वर्षीया लक्ष्मी रोस्यारा र ४० वर्षीया सुना भुल रहेको प्रवक्ता श्रीवास्तवले जानकारी दिए। घट्नाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिल तालीबाट प्रहरी टोली खटिएर उद्धार गरिएको  थियो।