बझाङमा उपनिर्वाचन : कांग्रेसबाट १० जनाको नाम सिफारिस

बझाङमा उपनिर्वाचन : कांग्रेसबाट १० जनाको नाम सिफारिस

बझाङ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको  बसेको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आकाङ्क्षी देखिएकाको नाम सिफारिस गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेको कांग्रेस प्रवक्ता रमानन्द जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार सिफारिस हुनेमा जगतप्रसाद जोशी, सत्यराज भण्डारी, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, शान्ति बोहरा (पुजारा), ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् ।

बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । गत असार ५ गते सिंहको दुर्घटनामा परी निधन भएको थियो ।