एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित

एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित

धनगढी । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएका छन् । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका  सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । 

उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।

सोमबार सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूले राति नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गर्दै निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाएका थिए ।