दक्षिण अफ्रिकामाथि केन्याको सानदार जित

दक्षिण अफ्रिकामाथि केन्याको सानदार जित

काठमाडौं । केन्याले अफ्रिका गेम्समा टेस्ट टोली दक्षिण अफ्रिकामाथि ७० रनको सानदार जित हात पारेको छ । दक्षिण अफ्रिकासँगको पहिलो टी-२० आई खेलमै केन्या विजयी भएको हो । आफ्नो इतिहासमा केन्याले दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो ।

जितको लागि १४२ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमा अल आउट भयो ।

टी-२० आई मान्यता प्राप्त खेल भएपनि टेस्ट टोली दक्षिण अफ्रिकामा नाम चलेका, पहिलो र दोस्रो रोजाइका कुनै खेलाडी थिएनन् ।

कप्तान जर्ज भान हिर्डेनले सर्वाधिक २२ रन बनाए । ओपनर माहिर जोशेफ १२ र केगन १६ रनमा आउट भए ।

केन्याका १८ वर्षीय स्पिनर आर्नभ पटेलले ३ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । लुकास ओलओच र शेम न्नगोचेले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

केन्याका कोलिन्स ओबुआ ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । कप्तान राकेप  पटेलले २८ रन बनाए ।

दक्षिण अफ्रिकाका हेनरिक पिटरसेले सर्वाधिक २ विकेट लिए । अफ्रिका गेम्समा समूह ए मा युगान्डा, दक्षिण अफ्रिका, केन्या र घाना छन् ।