आयरल्यान्ड ‘ए’ विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडी

आयरल्यान्ड ‘ए’ विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडी

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड्स वुल्भ्स) विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन्। 

सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की, देव खनाल, आरिफ शेखसहितका सिनियर टिमबाट खेलिसकेका खेलाडी ए टिममा छन्। 

सिरिजमा नेपाल ‘ए’ र आयरल्यान्डबीच तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० सिरिज हुनेछ। त्यसअघि नेपालको सिनियर टिमले दुई वटा टी-२० खेल्नेछ। 

चैत १२ र १३ गते सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेल्नेछ। 

त्यसपछि १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल हुनेछन्। 

नेपाल ‘ए’ को प्रारम्भिक टिम

रित गौतम, सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, लोकेश बम, अर्जुन साउद, भीम सार्की, देव खनाल, आरिफ शेख, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, मौसम ढकाल, रञ्जित कुमार, मयन यादव, अर्जुन कुमाल, अर्जुन घर्ती, रुपेश सिंह, साहब आलम, शेर मल्ल, हरि शंकर साह, दिपेश कँडेल, प्रतिश जिसी, रिजन ढकाल, विकाश आग्री, आकाश चन्द, नारायण जोशी, कमल सिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रशिद खान, दिनेश अधिकारी, सागर ढकाल, दिपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, नरबहादुर सार्की।