एमाले कञ्चनपुर अधिवेशनमा विवाद भएपछि निर्वाचन कार्यालयमा तालाबन्दी

एमाले कञ्चनपुर अधिवेशनमा विवाद भएपछि निर्वाचन कार्यालयमा तालाबन्दी

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद  भएको छ । नवौं जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी भएपछि विवाद  भएको हो ।

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालय कार्यालय तालाबन्दी गरेको बताए ।

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् । चन्दले ती प्रतिनिधीहरुबाट नेतृत्व चयनको अधिकार नखोस्न आग्रह गरे ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सम्भव हुँदासम्म सर्वसम्मत नभए स्वच्छ निर्वाचन मार्फत नेतृत्व चयन गर्न नेता कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए ।