सुदूरपश्चिम सरकारलाई समर्थन कायमै राख्ने नाउपाका बहुमत सांसदकाे निर्णय

सुदूरपश्चिम सरकारलाई समर्थन कायमै राख्ने नाउपाका बहुमत सांसदकाे निर्णय

धनगढी । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।

आइतबार प्रदेशसभास्थित संसदीय दलकाे नेता घनश्याम चाैधरीकाे अध्यक्षतामा बसेकाे बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएकाे समर्थन कायमै राख्ने निर्णय गरेकाे हाे ।

बैठकमा नाउपाका कैलाश चाैधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू बाहेक सरकारमा सहभागी राज्यमन्त्रीसहित पाँच जना मन्त्रीकाे बैठकमा थिए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चाैधरीले अहिलेकाे सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत लिने बताए ।

बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेकाे दाबी गरे । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खाेजिएकाे उनी बताउँछन् ।

नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै रखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् । राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जाेशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।

संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।

नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास अन्तरगत उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।

चार जना मन्त्री थपेपनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ जना सांसद मात्र उनकाे पक्षमा छन् ।