जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

काठमाडौं ।  बेनी नगरपालिका –७ महारानीथान नजिक जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

कुहुँ हुदै बेनी आउँदैगरेको ग ३ च १३१० नम्बरको जिपलाई ओभरटेक गर्न खोज्दा ध २ प ५२६६ नम्बरको मोटरसाइकल र जिप ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ सइ राजकुमार केसीले बताउनुभयो । 

दुर्घटनामा ५५ वर्षीय चक्रबहादुर बानियाँ र उहाँका छोरा किरण बानियाँ घाइते हुनुभएको जिल्ला अस्पताल म्याग्दीले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कुमार गुरुङले जानकारी दिनुभयो । 

घाइते चक्रलाई बेनी अस्पतालमा सामान्य उपचारपछि धौलागिरी अस्पताल बागलुङ पठाइएकोमा बागलुङबाट पनि पोखराका लागि रिफर गरेको उहाँले जानकारी दिनुभयो ।

सामान्य घाइते रहेका मोटरसाइकल चालक किरण बानियाँलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक मङ्गला गाउँपालिका –१ कुहुँका धनबहादुर शेरपुञ्जा जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) गुरुङले जानकारी दिनुभयो ।