नेविसंघ नेता जोशी केन्द्रीय सदस्यमा मनोनीत

नेविसंघ नेता जोशी केन्द्रीय सदस्यमा मनोनीत

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का डन्डीराज जोशी नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

नेपाली काँग्रेसको विद्यार्थी भ्रातृ संगठन नेविसंघमा सभापति शेरबहादुर देउवाले शनिवार दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा जोशीसहित थप ४१ जना सदस्य मनोनीत गरेका हुन् ।

विद्यार्थी आन्दोलन सहित नेपाली काँग्रेस कैलालीको राजनीतिक आन्दोलन तथा सामाजिक क्रियाकलापमा अग्र मोर्चामा रहने नेता जोशी नास्ट कलेज धनगढी २०६७ का सभापति हुन् ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाबाट स्नातक तहको पढाई गरेका उनी हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका जुझारु नेता हुन ।

त्रिवि व्यवस्थापन केन्द्रीय विभागबाट व्यवस्थापन संकायमा स्नातकोत्तर हालै सकेका जोशी विद्यार्थी राजनीति सँगै त्रिवि राजनीति शास्त्र केन्द्रीय विभागबाट राजनीति शास्त्र मा स्नातकोत्तर गरिरहेका छन् ।