पत्रकार जमुना न्युरे सम्मानित

पत्रकार जमुना न्युरे सम्मानित

धनगढी । कैलालीको धनगढीमा रहेको सौँराइ स्क्वायरले गरेको नारी सम्मान २०८० बाट कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मानित गरेको छ ।

पत्रकार न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ वर्ष देखि वन, वातावरण, जैविक विविधता, महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्र लाई आफ्नो पत्रकारिताको मुख्य क्षेत्र बनाइ समाजमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानित गरेको छ ।

पत्रकार न्युरे नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनका कार्यकारी सम्पादक समेत हुन् । सौँराइ स्क्वायर धनगढीले ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारी सौँराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरूलाई सम्मान गरेको हो।

महिला तथा समाजमा योगदान पुर्‍याएका तर राज्यको दृष्टिकोणमा नपरेका महिलाहरूलाई सम्मान गरेको छ । सम्मानित स्वास्थ्य क्षेत्रका जयकला रावल, अपाङ्गता भएर पनि सफल व्यवसायी शान्ति रोकाया, थारु कला सस्कृती संरक्षण समीक्षा चौधरी, मानवअधिकार कर्मी महेश्वरी भट्ट, शिक्षिक तुलसी शर्मा, समाजसेवी शारदा शाह रहेका छन् ।