नेपाली क्रिकेट टोली फर्कियो हङकङबाट

नेपाली क्रिकेट टोली फर्कियो हङकङबाट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।   

हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। 

हङकङ, पपुवा न्युगिनी ९पीएनजी० र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो।

टोलीलाई नेपाल क्रिकेट संघ ९क्यान०का उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ।