इङ्लिस प्रिमियर लिगः पहिलो हाफमा बर्नमाउथको उत्कृष्ट पुनरागमन जित

इङ्लिस प्रिमियर लिगः पहिलो हाफमा बर्नमाउथको उत्कृष्ट पुनरागमन जित

काठमाडौँ । इङ्लिस प्रमियर लिगअन्तर्गत गए राति भएको खेलमा बर्नमाउथले लुटनटाउनलाई ४(३ गोल अन्तरले पराजित गरेको छ ।

खेलको ९ मिनेटमा लुटन टाउनले अग्रता लिएको थियो । ३१औँ मिनेटमा दोस्रो तथा पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गर्दै पहिलो हाफमा लुटन टाउनले बर्नमाउथविरुद्ध ३-० को अग्रता लिएको थियो ।

पहिलो हाफमा ३-० ले पछि परेको बर्नमाउथले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । बर्नमाउथले दोस्रो हाफमा ४ गोल गरेर जित निकालेको हो । बर्नमाउथले खेलको ५०औँ, ६२औँ, ६४औँ र ८३औँ मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।