आकाश चन्दले दिलाए नेपाललाई दोस्रो सफलता

आकाश चन्दले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाण्डाैं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यु गिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। 

दोस्रो ओभरको चौथो बलमा आकाश चन्दले कप्तान असद भालाई २ रनका क्याच आउट गराए। त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै सफलता दिलाएका थिए।

करणले पहिलो ओभरको दोस्रोे बलमा ओपनर सेसे बाउलाई क्याच आउट गराए। १ बलको सामना गरेका सेसे बाउ करण केसीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए। 

दोस्रो ओभरको खेल जारी पिएनजीले २ विकेटको क्षतिमा १४ रन बनाएको छ। क्रिजमा ओपनर टोनी उरा ८ रनमा नटआउट छन्।