धनगढीमा ईन्जिनियरिगं एण्ड आईटी क्वीज प्रतियोगिता सम्पन्न

धनगढीमा ईन्जिनियरिगं एण्ड आईटी क्वीज प्रतियोगिता  सम्पन्न

कैलालीको धनगढीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले पीईए ईन्जिनियरिगं एण्ड आईटी क्वीज प्रतियोगिता मंगलवार सम्पन्न गरेको छ ।

 सुदुरपश्चिम प्रदेशका विभिन्न विद्यालयका जम्मा ४२ टिमहरु सहभागि रहेको उक्त प्रतियोगिता कार्यक्रममा सभापति  नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राचार्य प्रा.डा.प्रेमबहादुर चन्द रहनु भएको थियो ।

 साथै नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरी, हिसानका कैलाली जिल्ला अध्यक्ष खेमराज भट्ट लगायत विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 सो प्रतियोगितामा प्रथम स्थान नाष्ट मा.वि.ले प्राप्त गरेको थियो भने दोस्रो स्थान कैलाली मोडेल मा.वि र तेस्रो स्थान रेडियन्ट मा.वि.ले प्राप्त गरेका थिए । यस्तै चौथो स्थान नाष्ठ मा.विकै अर्काे टिमले प्राप्त गरेको थियो ।

 सफल भएका ४ वटै टिम देभरका ७ वटै प्रदेशबाट छानिएर आएका टिमसंग काठमाण्डौमा उपाधिका लागि प्रतिष्पर्धा गर्न भएका छन् ।