जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा जसपा संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरेको छ ।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० ९२० अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।