सुदुरपश्चिम प्रदेश सहित ३ प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने सरकारले निर्णय गरेको छ ।
सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले बताइन् ।