साहित्यकार पदम जाेशीलाई मातृ शाेक

साहित्यकार पदम जाेशीलाई मातृ शाेक

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्दै आएका साहित्यकार पदमराज जाेशी (भर्दवाज)का आमाकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

आमा डम्मरा जाेशीकाे साेमबार बिहान उपचारका क्रममा मृत्यु भएकाे जनाइएकाे हाे ।

जाेशीकाे मृत्युसंगै साहित्यकार, लेखक तथा समाजसेवीहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जाेशीकाे भाेली बिहान हिन्दु परम्परा अनुसार गाेदावरी नदीमा दाह संस्कार गरिने परिवार स्राेतले जानकारी दिएकाे छ ।

साथै मंगलबार तारानगरदेखि गाेदावरीसम्म शव परिक्रमा गरिने जनाइएकाे छ ।