सल्लाह नै नगरी मन्त्रीमा नियुक्त भएपछि नाउपा अध्यक्ष श्रेष्ठको शाह नेतृत्वको सरकार छोड्न निर्देशन

सल्लाह नै नगरी  मन्त्रीमा  नियुक्त भएपछि नाउपा अध्यक्ष श्रेष्ठको शाह नेतृत्वको सरकार छोड्न निर्देशन

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएकी छिन ।

आफूसंग कुनै सल्लाह नै नगरी मन्त्रीमा नियुक्त भएपछि उनले  संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोड्न निर्देशन दिएकी हुन ।

अध्यक्ष चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिएकी हुन् ।  उनले आज संसदीय दलको बैठक बस्ने र सरकारबाट फिर्ता हुने निर्णय हुने बताएकी छन् ।

उनले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताइन । उनले आफूसँग कुनै सल्लाह नै नगरी मन्त्रीको शपथ खाएको बताएकी छन् ।उनले पार्टी विधि विधान अनुसार नचलेपछि आजै सरकारबाट फिर्ता भएको निर्णय हुने बताइन् ।

नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य मध्ये शुक्रवारको सरकार विस्तार पछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् ।

शुक्रवार मध्य राती मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री,  खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुक्तिका रामेश्वर चौधरी सहित अहिले ४ जना सरकारमा गएका छन् ।  यस्तै उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको समेत बताएकी छन् । ।