राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीको नियुक्ति गैरकानुनी : राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीको नियुक्ति गैरकानुनी : राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेको छ ।

केन्द्रमा परेको उजुरीमाथि अनुसन्धान गर्दै केन्द्रले कारवाहीका लागि कोषमा पत्राचार गरेको छ ।

२२ फागुनमा केन्द्रका सचिव रामआधार साहले अधिकारीको नियुक्ति नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाही गर्न कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन दिने निर्णय गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ ९छ०ले दिएको अधिकार बमोजिम सतर्कता केन्द्रले यस्तो पत्र पठाएको हो ।

मनोनयनको प्रक्रिया नपुगेको र नियुक्ति गर्दा पालना गर्नुपर्ने कार्यविधि पनि पालना नभएको सतर्कताको ठहर छ । पत्रअनुसार अधिकारी अब पदमुक्त हुने छन् ।