कञ्चनपुरमा एक जना महिला लागु औषध सहित पक्राउ

कञ्चनपुरमा एक जना महिला लागु औषध सहित पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक जना महिलालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ कटान डेरा गरी बस्ने बेदकोट नगरपालिका–९ सिसैया घर भएकी २८ वर्षीया रीतिका बमलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।