दार्चुलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण

दार्चुलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ ।

बिहीबार राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो ।

घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । त्यस विषयमा प्रहरी अनुसन्धान गरिरहेको अध्यक्ष धामीले बताए । घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए ।

नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको जनाइएको छ ।

घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भई रहेको जनाएको छ ।