गाडी दुर्घटना हुँदा १२ घाइते, २ गम्भीर

गाडी दुर्घटना हुँदा १२ घाइते, २ गम्भीर

काठमाडौं । सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालका अनुसार, प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको थियो । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएको उनले बताए ।

घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको इन्स्पेक्टर कटुवालले बताए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।